जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम भन्सार कार्यालयबाट एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई सोमबार साँझ सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट आएको टोलीले उनलाई जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन
उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ ।...










Discussion about this post