झापा : झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
आज (बुधबार) सम्पन्न मतगणना अनुसार घिमिरे निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका छन् भने नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।














Discussion about this post