विराटनगर : विराटनगर महानगरपालिका १६ स्थितबाट अवैध रूपमा भन्सार छली गरेको विभिन्न प्रकारका सामग्रीहरू प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छली गरी लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेसिन लगायतका सामानहरू प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएका १२ लाख ३ हजार ४ सय २० रुपैयाँ मूल्य बराबरको सामानहरू आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post