विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहको प्रहरी टोलीले चोरी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ९ का २९ वर्षीय मोहम्मद आलम मियाँ रहेका छन् ।
चोरी मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७९।०५।०५ गतेको सजाय निर्धारण फैसला आदेशले १७ दिन कैद र १० हजार रुपैयाँ जरिवान बेरुजु रही फरार रहेका मियाँलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post