मोरङ : मोरङको केराबारीमा एक जना पुरुषको हत्या भएको छ । केराबारी गाउँपालिका ९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार राईलाई लेटाङ नगरपालिका १ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बूले गत आइतबार दिउँसो आक्रमण गरेका थिए ।
लिम्बू र राईबीच सामान्य विवाद भएपछि उनले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए ।
आक्रमणबाट गम्भीर भएका राईको विराटनगरस्थित न्यूरो अस्पताल लगिएपनि मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
हत्यामा संलग्न भएका लिम्बूलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बू आपराधिक गतिविधिका पृष्ठभूमि रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।













Discussion about this post