Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

विचार : पत्रकारको श्रम अधिकार, महासंघको उच्च प्राथमिकता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ७, २०७९
in विचार, समाचार
0
विचार : पत्रकारको श्रम अधिकार, महासंघको उच्च प्राथमिकता
150
SHARES
Share on FacebookShare on Twitter

पत्रकारिता क्षेत्रमा बेलाबखत चर्चा हुने गर्दछ, पत्रकारको कलमले थुपै्र अधिकारबाट वञ्चितहरुले आफ्नो अधिकार प्राप्त गरेका छन् । न्याय नपाएकाहरुले न्याय पाएका छन् ।

विभेदमा पारिएकाहरुले समानताको अधिकार पाएका छन् । तर पत्रकारिता क्षेत्रमा कलम चलाउने पत्रकारहरुले स्वयं आफ्नो अधिकार प्राप्त गरेका छन् त ? हामी सबैको सामु पेचिलो प्रश्न बनेर उभिएको छ ।

आखिर पत्रकारले आफ्ना हकअधिकारहरु किन प्राप्त गर्न सकेका छैनन् त ? यसको जवाफ सरल र सटिक ढंगबाट दिन कठिन छ ।

नेपालको पत्रकारिता यस्तो जेलिएको अवस्थामा छ कि जुन कोणबाट हेरे पनि समस्यग्रस्त देखिन थालेको छ । चौतर्फी समस्याले नेपाली सञ्चार क्षेत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्बन्धमा गुणात्मक सुधार भएपनि श्रम अधिकारको क्षेत्रमा भने गम्भीर समस्या देखिँदै आएको छ ।

पत्रकार महासंघसहित सञ्चार क्षेत्रसँग सम्बन्धित संघसंगठनका भेला र अधिवेशनहरूमा पत्रकारको श्रम अधिकारको विषय प्रधान बनेर उठ्न थालेको लामो समय बितिसक्दा पनि सन्तोषजनक नतिजा भने आउन सकेको छैन ।

चलनचल्तीमा श्रमजीवी भनिएपनि पत्रकारहरु मूलतः बौद्धिक श्रमिक हुन् । समाजको हरेक पक्षसँग गहिरो सम्बन्ध रहने पत्रकारिता क्षेत्रआफै भने श्रम अधिकारको विकराल समस्या झेल्दै अघि बढ्नुपर्ने बाध्यता विडम्बनापूर्ण छ ।

श्रमजीवी पत्रकार ऐनका मुख्य व्यवस्था

पत्रकारिताको इतिहास लामो भएपनि २०५१ सालमा पहिलो पटक श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ आयो । २०५३ सालमा श्रमजीवी पत्रकार सम्बन्धी नियमावली जारी भएपनि यो ऐनको कार्यान्वयन २०६५ जेठ १५ गतेदेखि भएको हो ।

करीब १४ वर्षको अभ्यासलाई हेर्ने हो भने पत्रकारितालाई एउटा पेशाको रुपमा ऐनले स्वीकार गरेपनि यसको प्रमुख बुँदाहरू नै कार्यान्वयन हुन सकेका छैनन् । सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक कार्यान्वयन नहुनु नै नेपाली सञ्चार क्षेत्रको प्रधान समस्या हो ।

श्रमजीवी पत्रकार ऐनले पत्रकारहरूलाई नियुक्तिपत्र नदिई काममा लगाउन नपाउने भन्ने व्यवस्था गरेको छ ।

तर, अहिले पनि नियुक्तिपत्र नपाउने, प्रेस पास तथा अन्य प्रयोजनका लागि मात्रै कागजी नियुक्तिपत्र दिने प्रचलन व्याप्त छ । पत्रकार वा कर्मचारी नियुक्ति गर्दा प्रतिष्पर्धाका आधारमा गर्नुपर्ने र उनीहरुको पदको वर्गीकरण गर्नुपर्ने व्यवस्था पनि ऐनले गरेको छ । तर अधिकांश सञ्चार प्रतिष्ठानले ऐनको यो व्यवस्थालाई कार्यान्वयन गरेका छैनन् ।

विशेषज्ञ सेवा आवश्यक भएमा निश्चित अवधिका लागि १५ प्रतिशतभन्दा बढीकरार सेवामा राख्न नपाउने व्यवस्थाको पनि धज्जी उडाइएको छ । अस्थायी, करार र स्ट्रिन्जरको नाममा ऐन विपरीतको नियुक्त दिने समस्या विकराल बनेको छ । नियुक्तिको जानकारी प्रेस रजिष्ट्रारलाई गराउने व्यवस्थाको समेत पालना भएको पाइँदैन ।

ऐनले पत्रकार, कर्मचारी र कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गर्नका लागि उच्चस्तरको एउटा समितिको परिकल्पना गरेको छ । स्थायी संरचनाको रुपमा रहेको समितिले तोकेको न्यूनतम पारिश्रमिकको कार्यान्वयन दयनीय छ ।

न्यूनतम पारिश्रमिकै अवस्था यस्तो भएपछि ऐनले व्यवस्था गरेकाभत्ता, बार्षिक तलव बृद्धि, उपचार तथा क्षतिपूर्ति, उपदान, सञ्चय कोषर अन्य सुविधाको कार्यान्वयन अवस्था झनै दयनीयछ । ऐनले सञ्चार प्रतिष्ठानहरुमा कल्याणकारी कोषको समेत परिकल्पना गरेको छ । तर आजसम्म कुनै सञ्चार प्रतिष्ठानले ऐन बमोजिमको कल्याणकारी कोषको स्थापना गरेको देखिँदैन ।

अस्तव्यस्त सञ्चार प्रतिष्ठान

नेपालको सञ्चार क्षेत्र राजनीतिक स्वतन्त्रताको लडाइँसँगै अघि बढेको देखिन्छ । २०४६ सालभन्दा अघि र त्यसपछिका केही वर्षहरु मिशन पत्रकारिताको कालखण्ड हुन् । त्यतिबेला पत्रकारिता पनि पेशा हुनसक्छ भन्ने मान्यता स्थापित भइसकेको थिएन ।

विशेषगरी निरंकुश पञ्चायती व्यवस्थाको विरोधी र पञ्चायत पक्षधरमा विभक्त पत्रकारिता नै अहिलेको पत्रकारिताको जग हो । २०४६ को परिवर्तनपछि नेपाली सञ्चार क्षेत्रमा संख्यात्मक, गुणात्मक र व्यवसायिकताको विकास भयो । डिजिटल युगमा प्रवेश गरेपछि न्यु मिडियाको क्षेत्रमा पनि उल्लेख्य विकास र बृद्धि भयो ।

सञ्चारमाध्यमको बृद्धि हुने क्रमसँगै सञ्चार क्षेत्रको व्यवसायिकता र श्रम अधिकारको क्षेत्रमा नयाँ नयाँ चुनौती थपिदै गएको छ । पूँजी र बजारको सुनिश्चितता बिना नै सञ्चारमाध्यमहरु खुल्ने क्रम निरन्तर छ ।

करीब ८०० छापा, सोही संख्यामा एफएम रेडियो, करीब ३०० टेलिभिजन र ३००० भन्दा बढी अनलाइन न्युज पोर्टल सञ्चालनमा छन् ।

यो संख्या नेपालको विज्ञापनको बजार र सञ्चार क्षेत्रको उपभोक्ताको संख्याको आधारमा पनि धेरै हो । यस्तो अवस्थामा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारको श्रम अधिकार, पत्रकारितामा व्यवसायिकता र आचारसंहिता पालनाको दृष्टिले पनि निकै गम्भीर र चुनौतीपूर्ण हुनु स्वभाविक छ ।

कामचलाउ प्रेस रजिष्ट्रार र कमजोर अनुगमन

श्रमजीवी पत्रकार ऐनले पत्रकारका श्रम समस्यासँग सम्बन्धित कतिपय अधिकार प्रेस रजिष्ट्रारलाई दिएको छ ।

ऐनले परिकल्पना गरेअनुसारको प्रेस रजिष्ट्रार अहिले सम्म नियुक्त हुन सकेको छैन । सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई नै प्रेस रजिष्ट्रार तोकिएको छ । यसो गर्दा प्रेस रजिष्ट्रारको कामप्रभावकारी हुन सकिरहेको छैन ।

अहिलेको व्यवस्था एक प्रकारले कामचलाउमात्रै हो ।

पत्रकारको श्रम समस्याबारे दुईतर्फी छलफल गराउने र कानुनीतथाअदालती निरुपणका लागि प्रेस रजिष्ट्रारको भूमिका महत्वपूर्ण हुने हुँदा अहिलेको व्यवस्थाले सन्तोषजनक कार्य सम्पादन हुनसकेको छैन । सर्वोच्च अदालतले समेत छुट्टै प्रेस रजिष्ट्रार नियुक्त गर्न सरकारको नाममा आदेश दिएको छ ।

पत्रकारले आफूलाई परेको श्रम अधिकार सम्बन्धी समस्या समाधान गर्न सबैभन्दा पहिला प्रेस रजिष्ट्रारमा निवेदन दिनुपर्ने हुन्छ । त्यहाँ छलफलको माध्यमबाट समस्या हल नभएमा प्रेस रजिष्ट्रारको पत्रको आधार माश्रम विभाग र श्रम अदालतमा कानुनी उपचारमा जानुपर्ने हुँदा प्रेस रजिष्ट्रारको भूमिका महत्वपूर्ण हुन जान्छ ।

मुलुक संघीय प्रणालीमा गएपछि पहिलो पटक बागमती प्रदेशले प्रेस रजिष्ट्रार नियुक्त गरेर काम अघि बढाए पनिश्रम अधिकारको विषयमा बागमती प्रदेश प्रेस रजिष्ट्रारले समेत प्राथमिकता दिएर श्रम समस्याको बारेमा काम गर्न सकेको छैन । बागमती प्रदेश प्रेस रजिष्ट्रारको अन्य क्रियाशीलता भने राम्रो देखिएको छ ।

सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरे वानगरेको बारेमा अनुगमन गर्ने जिम्मेवारी न्यूनतम पारिश्रमिक निर्धारण समितिको हो ।

नेपाल पत्रकार महासंघ, कामदार पक्ष, व्यवस्थापन पक्ष र सरकारको उच्च अधिकारीको प्रतिनिधित्वमा गठन भएको समितिले प्रभावकारी अनुगमन गर्न सकेको छैन । गरिएको अनुगमनका आधारमा तयार पारिएको प्रतिवेदन हेर्दा ऐन कार्यान्वयनको अवस्थालाई राम्रो मान्न सकिने अवस्था छैन ।

न्याय सम्पादन र फैसला कार्यान्वयन

नेपालको आम अदालतमा जस्तै पत्रकारका श्रम समस्या निरुपण गर्ने श्रम विभाग र श्रम अदालतले समेत छिटोछरितो न्याय सम्पादन गर्न नसक्दा न्यायिक अधिकार प्राप्तिमा समस्याहरु देखिएका छन् ।

प्रेस रजिष्ट्रार, श्रम विभाग र श्रम अदालतसम्मको प्रक्रिया पूरा गर्दा समय बढी लाग्ने हुँदा पत्रकारले आफ्ना श्रम अधिकार सम्बन्धी न्याय प्राप्त गर्न समय लाग्ने अवस्था छ । यसले गर्दा पत्रकारहरु आफ्ना अधिकार प्राप्तिको लागि न्यायिक बाटो अबलम्बन गर्न उदासीन हुने प्रवृत्ति देखिएको छ ।

कानुनी बाटोबाट आफ्नो पेशागत तथा श्रम अधिकारको बाटो रोजेका पत्रकारहरु फैसला कार्यान्वयनमा देखिएका समस्याले गर्दा थप पीडित बन्नु परेको छ ।

अदालतको फैसलाबाट पुनर्वहाली भएका पत्रकारहरुले पुनःसोही सञ्चार प्रतिष्ठानमा कामगर्ने वातावरणसमेत निर्माण हुन सकेको छैन । सेवासुविधा प्राप्तिमा भने अदालती फैसला केही हदसम्म कार्यान्वयन भएको देखिन्छ । अदालतको फैसलापछि पनि आपसी समझदारीमा मात्रै सेवासुविधा प्राप्तिको विषय टुङ्गिने गरेको छ ।

पत्रकारको श्रम अधिकारको रक्षाका लागि कानुनी लडाई एउटा महत्वपूर्ण विधिहो । तर यसलाई झन्झटिलो बनाइयो भने यसले उचित प्रतिफल दिन सक्दैन । फैसला कार्यान्वयनको दिशामा पनि सबै पक्ष सचेत र गम्भीर हुनुपर्ने देखिन्छ ।

कानुन कार्यान्वयनमा उदासीन

कुनै पनि कानुन कार्यान्वयन गराउने पहिलो दायित्व सरकारको हुन्छ । तर श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गराउने विषयमा सरकार सधै उदासीन रहँदै आएको छ । ऐन कार्यान्वयन नगर्ने सञ्चार माध्यम माथि हुनु पर्ने कारबाहीको अवस्था समेत निकै फितलो र कमजोर छ । सरोकारवाला पक्षको निरन्तर दवाव र खबरदारीका बीचपनि ऐन कार्यान्वयनमा प्रभावकारिता आउन सकेको छैन ।

ऐनमा भएको कमजोरी र त्यसलाई संशोधनका माध्यमबाट गरिनुपर्ने सुधारका बहसहरु समेत गतिलोसँग हुन सकेको छैन । जसले गर्दा ऐनलाई समयसापेक्ष बनाउन समेत बाधापुगिरहेको छ ।सबैखाले सञ्चार प्रतिष्ठानलाई ऐनले समानव्यवस्था गरेकाले पनि ऐनको कार्यान्वयनमा समस्या देखिने गरेको छ । ऐनकार्यान्वयन एउटामात्रपक्षको चासो वा सक्रियताले सम्भव हुँदैन ।

सरकार, सञ्चार प्रतिष्ठान र सरोकारवाला निकायका सामूहिक इच्छा शक्तिले मात्र ऐनको प्रभावकारी कार्यान्वयन सम्भव छ । ऐनलाई समयसापेक्ष वाव्यवहारिक बनाउन पनि तिनै पक्षको इमान्दार सक्रियताले मात्र सम्भव हुन्छ ।

महासंघको भूमिका

श्रमजीवी पत्रकार ऐन नेपाल पत्रकार महासंघको निरन्तरको माग र दवावका कारण निर्माण भएको हो । त्यसैले यो ऐनसँग महासंघको विशेष आकर्षण र सम्बन्ध छ । यो ऐन कार्यान्वयन होस र पत्रकारले आफ्ना श्रम अधिकारसहित सबैखाले अधिकार उपभोग गरुन् भन्ने चाहना महासंघको छ ।

त्यसैले महासंघले यो ऐनको कार्यान्वयनका लागि सधै आफूलाई क्रियाशील गराउँदै आएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारको श्रम अधिकारका लागि महासंघले कसैसँग सम्झौता गर्दैन ।

पत्रकारले आफ्ना श्रम अधिकार प्राप्त गर्न सकून् भन्ने उद्देश्यले महासंघले विभिन्न कार्यक्रमहरुलाई अघि सारेको छ ।

सञ्चार प्रतिष्ठानहरुलाई दवाव, आन्दोलन र कानुनी उपचारको माध्यमबाट महासंघले नेपाली सञ्चार क्षेत्रमा उचित श्रम अधिकारको अभ्यास होस भन्ने प्रयास गरिरहेको छ । पछिल्लो समय महासंघले पत्रकारको श्रम अधिकार प्राप्तिका लागि गरेका प्रयासहरुकै कारण उजुरी गर्ने र आफ्ना अधिकार खोज्ने प्रवृत्तिमा गुणात्मक र संख्यात्मक विकास भएको छ । महासंघका प्रयास सफलतामा समेत परिणत हुँदै गएका छन् ।

उजुरीहरुको नियमित सुनुवाई हुने, समस्याहरुको बारेमा सम्बन्धित सञ्चार प्रतिष्ठानहरुमा पत्राचार गर्ने, आवश्यक धर्ना तथा दवावका कार्यक्रमहरु सञ्चालनगर्ने, वार्ता तथा छलफलका माध्यमबाट समाधान निकाल्ने प्रयास गर्ने र कानुनी बाटोबाट समस्या समाधानगर्ने कार्य महासंघले निरन्तर गर्दै आएको छ ।

पत्रकारहरुलाई निःशुल्क रुपमा कानुनी परामर्श र सहायता उपलब्ध गराउन कानुनी डेस्क मार्फत समेत कामहुँदै आएका छन् ।

दवाव र कानुनी डेस्कलाई थप प्रभावकारी बनाउँदै पत्रकारको श्रम अधिकारको पक्षमा सशक्त ढंगबाट अघि बढ्ने महासंघको योजना समेत छ ।

सबै पक्षको साथ र सहयोग प्राप्तगर्दै नेपाली सञ्चार क्षेत्रमा उचित श्रम अभ्यास होस् र पत्रकारहरुका सबैखाले समस्या समाधान होस् भन्ने बाटोमा महासंघ सधै सशक्त ढंगबाट अघि बढ्न तत्पर समेत छ ।

(लेखक नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष र प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हितप्रवद्र्धन समितिका संयोजक हुनुहुन्छ ।)

 

Tags: #पत्रकार#विचाररमेश विष्ट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.