इटहरी : इटहरी उपमहानगरपालिकाका सबै वडाहरूमा बुधबार (भोलि) शोक विदा दिइएको छ ।
उपमहानगरपालिकाको कार्यालय रहेको जग्गाका दाताहरू रामजीप्रसाद चौधरी र मानपुर चौधरीका सन्तान खेमनारायण चौधरीको मंगलबार (आज) निधन भएकाले बुधबार (भोलि) शोक विदा दिइएको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलद्वारा जारी विज्ञप्ति अनुसार एकदिनका लागि शोक विदा दिइएको हो ।
नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका कार्यालयहरूबाट उपलब्ध हुने सबै सेवा बन्द रहने बताइएको छ ।















Discussion about this post