विराटनगर : नेपाल प्रहरी र भन्सार कार्यलय विराटनगरको टोलीले विराटनगर ७ महावीर रोडस्थित एक व्यापारीको गोदाममा छापा मार्दा एकै गोदामबाट २ गाडी तस्करीको सामान बरामद गरेको छ ।
कपडाका व्यापारी अनिल साहको गोदाममा प्रहरी र भन्सारका कर्मचारीले छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो ।
साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने गरेको सूचना पाएपछि भन्सारले गोदाममा छापा मारेको हो ।
सुनसरी र मोरङका क्या–रिङ गर्नेहरूमार्फत भारतदेखि अवैध रूपमा ल्याएर तस्करीको कपडा विराटनगर ७ महावीर रोडस्थित मुकुन्द बस्नेतको दोस्रो तला पुरै भाडामा लिएर कपडा राख्ने गरेको पाइएको छ ।
तस्करी गरी ल्याएको कपडा विराटनगरको बजारसहित पूर्वको विभिन्न नाका पठाउने गरेका थिए ।
साहको विराटनगर ७ महावीर रोडमा कपडाको होलसेल पसल छ उनले सोही पसलबाट प्रदेश १ का विभिन्न स्थानमा सप्लाई गर्दै आइरहेको बताइएको छ ।
सामान बरामद गरी आवश्यक अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।














Discussion about this post