Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

यस्ता छन् प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीले आफ्नो कार्यकालमा गरेका काम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २१, २०७९
in समाचार
0
यस्ता छन् प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीले आफ्नो कार्यकालमा गरेका काम
124
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले आफ्नो कार्यकालका उपलव्धि सार्वजनिक गरेका छन् ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले उपलब्धि सार्वजनिक गरेका हुन् ।

यस्ता छन् पत्रकार सम्मेलनमा जानकारी गराइएका कामको विवरण ।

–   विराटनगर महानगरपालिकाभित्र मुख्यमन्त्रीको कार्यालय, मन्त्रालयहरू र प्रदेशसभा भवन रहने गरी तथा ग्रामथान, बुढीगङ्गा र सुन्दरहरैँचाको मध्यविन्दुमा पर्ने गरी मन्त्रीआवासको निर्माणका लागि जग्गाप्राप्तिको प्रक्रिया अगाडि बढेको ।

–    सात प्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश हुन सफल भएको ।

–    सुशासन आफैँबाट सुरु गरिनुपर्छ भन्ने मान्यतालाई अङ्गीकार गर्दै यस मन्त्रालयलाई आफ्नो कार्यावधिभरि बेरुजुशून्य मन्त्रालय बनाएको ।

–    प्रदेशको राजधानी विराटनगरलाई डुबानमुक्त बनाउन केसलिया (बुढीनदी)–को व्यवस्थापन तथा रानी–दुहबी करिडोर निर्माणका लागि गुरुयोजना निर्माण भई निर्माणप्रक्रिया सुरु गरिएको ।

–    विपन्न नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गर्न बजेटको विनियोजन गरी कार्यान्वयनका चरणमा रहेको ।

–    लागु औषधको प्रयोगलाई निरूत्साहित गर्न विभिन्न पुनःस्थापना–केन्द्रलाई अनुदान दिने प्रक्रियामा रहेको । साथै प्रयोगकर्ताहरूलाई निरूत्साहित गर्न लक्षित वर्गको समेत सहभागितामा परामर्श दिने कार्यको तयारी अन्तिम चरणमा पुगेको ।

–    ‘सुरक्षित यात्रा, सुरक्षित सडक’का लागि प्रविधिमैत्री सडकको निगरानी गर्न यस प्रदेशमा रानीदेखि धरानसम्म सीसी क्यामेराको जडान भइसकेको छ । साथै कोसीदेखि मेचीसम्म जडानको काम प्रक्रियामा रहेको ।

–    विपत्बाट प्रभावित निजी आवासहरूको पुनःस्थापनाका लागि प्रदेश सरकारको ३० प्रतिशत लागत सहभागिता रहने गरी बजेटको विनियोजन गरिएको । विपत् प्रभावित ठाँउहरूको नक्साङ्कनको काम भइरहेको ।

–    ‘प्रहरी सुरक्षितः नागरिक सुरक्षित’ भन्ने मान्यतालाई मूर्त रूप दिन प्रदेश नं १ मा प्रहरीका लागि नयाँ भवनको निर्माण तथा मर्मत–सम्भारका कामले तीव्रता पाएका छन् । यसै आर्थिका वर्र्षमा १५ वटा नयाँ भवननिर्माणका साथै १०४ वटा पुराना भवनलाई मर्मत–सम्भारका लागि बजेट विनियोजन भई निर्माण तथा मर्मत–सम्भारको काम सुरु भइसकेको । सीमा सुरक्षाका लागि बिओपीको स्थापना गरिएको ।

–    अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र प्रदेश १ को सम्पर्क कार्यालय स्थापना गर्न बजेटको विनियोजन गरिएको ।

–    विराटनगर महानगरपालिका र देवानगञ्ज गाउँपालिकालाई वारुणयन्त्र हस्तान्तरणका साथै सोलुखुम्बु लगायतका जिल्लाका लागि खरिदको कार्य अन्तिम चरणमा रहेको ।

–    संविधान दिवस औपचारिक कार्यक्रममा मात्रै सीमित हुने गरेकोमा यस वर्र्ष आन्तरिक मामिला तथा कानून मन्त्रालयका आयोजनामा जलवायु परिवर्तनको जोखिमलाई न्यूनीकरण गर्न जोगबनीदेखि वरगाछीसम्म वृक्षरोपण गरिएको । त्यसको संरक्षणको जिम्मा सडक आयोजना र विराटनगर महानगरपालिकालाई प्रदान गरिएको ।

–    लागु औषधको प्रयोगको न्यूनीकरणका साथै विपद् व्यवस्थापन र नैतिक शिक्षालाई जोड दिई समाजमा जिम्मेवार नागरिक बनाउन ‘हामी स्वयम् सेवी’ अभियान सञ्चालनमा ल्याइएको ।

–    विपत् व्यवस्थापनतर्फ विपत् आएपछि सहयोग जुटाउने अभ्यासलाई तोड्दै  विपत् आउनासाथ राहत–सामग्री लिएर पुग्न थालिएको । नागरिकसँग प्रत्यक्ष जोडिएको मन्त्रालय भएकाले नागरिकलाई सरल ढङ्गबाट सेवाप्रवाह गराउन सफल भएको ।

–    प्रदेशमा रहेका जिल्ला कारागारहरूमा मानवअधिकार प्रवर्धन तथा कानुनी सचेतना कार्यक्रमको आयोजना गरी कैदीबन्दीलाई सचेत गराइएको ।

–    कारागारमा पुस्तकालय स्थापना गर्न चालु आर्थिक वर्षमा बजेटको विनियोजन गरिएको, प्रादेशिक कारागारको निर्माणका लागि डिपिआर बनाउन बजेटको विनियोजन गरिएको ।

–    सुरक्षा निकायलाई खरिद गरेको स्कटिङ मोटरसाइकल प्रदेश प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको ।

–    प्रदेशलाई अधिकार हस्तान्तरण गर्न संघ सरकारसँग निरन्तर खबरदारीका साथै सातै प्रदेशका तर्फबाट संयुक्त रूपमा जनकपुर घोषणापत्र जारी गरिएको ।

–    प्रदेश निजामती सेवा अध्यादेश जारी गरिएको । यसै आर्थिक वर्र्षमा ६ वटा कानुनको निर्माण गरी कार्यान्वयनका चरणमा रहेको ।

–    ‘विपत्–प्रतिकार्य–योजना’अन्तर्गत सुरक्षानिकायलाई आवश्यक तालिम तथा पूर्व अभ्याससमेत गराई गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको ।

–    आर्थिक अवस्था कमजोर भई विभिन्न रोगको उपचार गर्न नसक्नेहरूका लागि राहतस्वरूपको रकम बिरामीको अवस्था हेरी प्रदान गरिएको ।

–    प्रादेशिक विपत् व्यवस्थापन केन्द्रको डिपिआर बनाउन बजेटको विनियोजन गरिएको ।

–    जिल्लास्तरमा ‘विपत् गोदाम घर’ स्थापनाका साथै ‘एकीकृत विपत् व्यवस्थापन केन्द्र साझेदारी’का लागि बजेटको विनियोजन गरिएको ।

–    जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारले रकम प्राप्त गर्न प्रक्रिया सुरु भएको ।

–    मुख्यमन्त्री अत्यावश्यक केन्द्र सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुदान दिइएको ।

–    तीन तहकै निर्वाचन तुलनात्मक रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सफल भएको ।

–    कोरोना–महामारीको नियन्त्रणका लागि आवश्यक कार्य गरी तयारी अवस्था सृजना गरिएको ।

Tags: #प्रदेश १केदार कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1030 shares
    Share 412 Tweet 258
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.