इटहरी : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनजनालाई मन्त्रीमा नियुक्त गरेका छन् । उनले बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने बताएपछि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाबाट एक–एक जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बू मन्त्रीमा नियुक्त भएका हुन् । उनीहरूले आजै सपथ लिएका छन् ।
मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा (क) बाट र सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । लिम्बू भने जसपाकी समानुपातिक सांसद हुन् ।













Discussion about this post