इटहरी : राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर राउतले रानमा आबद्ध रहेका देशैभरीका प्रदेश र जिल्ला कमिटी र सदस्यहरूलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
उनले छिमेकी बदल्ने होइन, सक्षम छिमेकीको परिकल्पना गर्ने रानको उद्देश्य रहेको बताए ।
रानको माघ २८ गते काठमाडौँमा हुन लागेको पहिलो केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै देशैभरीका रानमा आबद्ध सदस्यहरूको सक्रियताले कार्यक्रम सम्पन्न गर्न भूमिका निर्वाह गर्नुपर्ने राउतले बताए ।
रानले आफ्नो संस्था दर्ता भएको चार महिनाको छोटो अवधिमा आयुर्वेद चिकित्सक, आयुर्वेद उत्पादक, आयुर्वेद स्वास्थ्यकर्मी, आयुर्वेद व्यवसायहरूको मन जित्न सफल भएको उनले बताए ।
रानलाई सक्षम बनाउनका निम्ति सबैको भूमिका महत्वपूर्ण हुने राउतले बताए ।













Discussion about this post