झापा : लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी कमल गाउँपालिका ३ बस्ने ३८ वर्षीय भिम कुमारी लिम्बु लावितलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको २०७७ असोज १५ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा ७ महिना कैद र २ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।















Discussion about this post