धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ वर्षीय उत्तम राई र १७ वर्षीय सागर रसाइलीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल ३६० क्याप्सुल र स्पास्पेइन ३६२ ट्याब्लेट गरी जम्मा ७२२ थान लागूऔषध बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post