विराटनगर : प्रदेश १ को सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको छ ।
हिक्मतकुमार कार्की नेतृत्वको सरकारको साझा कार्यक्रमको मस्यौदा बनाउन पूर्वमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदलमा एमालेबाट पूर्वमन्त्री रामबहादुर राना मगर र सत्ता गठबन्धनका अन्य दलहरू राप्रपा र जसपाबाट एक–एक जना सदस्य रहनेछन् ।
मुख्यमन्त्री कार्की, माओवादी केन्द्र संसदीय दलका नेता आङ्बो, एमाले प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपाने र माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ सहभागी बैठकले आङ्बोको नेतृत्वमा मस्यौदा समिति गठन गर्ने सहमति गरेको थियो ।
मुख्यमन्त्री कार्कीले मन्त्रीहरूको जिम्मेवारी तोक्ने तयारी भइरहेको बताए ।












Discussion about this post