Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीकी उपमेयर भन्छिन्, ‘सोचे अनुरुप काम भएको छैन, हामी सिक्ने क्रममै छौँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १६, २०७९
in समाचार
0
इटहरीकी उपमेयर भन्छिन्, ‘सोचे अनुरुप काम भएको छैन, हामी सिक्ने क्रममै छौँ’

इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी ।

171
SHARES
Share on FacebookShare on Twitter

इटहरी : स्थानीय सरकार आएको करीब नौ महिना बित्यो ।

यसैबीच इटहरी उपमहानगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले के काम गरे, कसरी काम गरिरहेछन् र अबका योजना के छन् भन्नेबारे संक्षिप्तमा चर्चा गरिएको छ ।

इटहरी उपमहानगरपालिकामा निर्वाचित भएर आएकी उप–प्रमुख संगीता कुमारी चौधरीले आँफू निर्वाचित भएर आएबित्तिकै बजेट निर्माणमा सक्रिय भएको बताउँछिन् । उनले आँफूले सोचे अनुरुप काम गर्न नसकेको स्वीकार गर्दैै अहिले विकास निर्माणकै काम भइरहेको बताइन् ।

‘हामीले सुरुआती दिनमा जुन जोश, जाँगर लिएर आएका थियौँ, सोचे अनुरुप काम भएको छैन,’ उनले भनिन्, ‘चाहेजस्तो काम गर्न नसकिएकै हो, अब जनतासँग प्रत्यक्ष जोडिएर विकास निर्माणका काममा सहकार्य गर्छौँ ।’

उनले आँफू धेरै जाँगर लिएर आएपनि यहाँ आएपछि सोचेजस्तो नभएको बताइन् ।

उनले उप–प्रमुखको काम धेरै हुने भएकाले आँफू अझै सिक्ने क्रममा रहेको बताइन् । ‘हामी अझैपनि सिक्ने क्रममै छौँ, उपमेयरको काम धेरै हुँदोरहेछ,’ चौधरी भन्छिन्, ‘योजना अनुगमन, बजार अनुगमन, न्यायिक समितिका कुरा उपमेयरले नै हेर्नुपर्ने हुँदा सिकाइको क्रम पनि छ ।’

कतिपय सर्वसाधारणले दसैँको समयमा मात्रै बजार अनुगमन गर्ने गरेको गुनासो गरेकाले आँफूले नियमितजस्तो अनुगमन गरिरहेको चौधरी सुनाउँछिन् । बजार अनुगमनका क्रममा समयावधि सकिएका सामान बिक्री गर्ने व्यवसायीलाई कानुनी कारबाही पनि गर्ने गरेको उनले बताइन् ।

उनले न्यायिक समितिमा दैनिक १० जना भन्दा बढी मानिसहरू आउने सुनाइन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय सरकारले १३ वटा मुद्दामा फैसला गर्न पाउने भएकाले न्यायिक क्षेत्रमा नगरका धेरैजसो मानिसहरू आउने गरेको उनले बताइन् ।

‘जगा किचलो, लेनदेन, सापटी लिएको, सम्बन्ध बिच्छेदका कुरा हामीकहाँ दैनिकजसो आइरहेका छन्,’ चौधरी भन्छिन्, ‘घरायसी समस्याका कुरा पनि आउँछन्, हामीले सकेसम्म मेलमिलाप गराएरै पठाएका छौँ ।’

उनले अहिले उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत सीप सिकाउने र तालिम दिने काम पनि सुरु गर्न लागिएको बताइन् । यस्तै, इटहरीमा रहेका १२८ वटा सहकारीमा अनुगमन गर्ने काम पनि भइरहेको चौधरी बताउँछिन् ।

‘सहकारीको सवालमा कार्यक्षेत्रभित्र कार्यालय नपाइएको, समयमा अडिट नभएको, एक सहकारी, एक सीप लागू नभएको पाइन्छ,’ उनले भनिन्, ‘व्यवस्थापक समितिले राम्ररी काम नगरिराखेको अवस्था पनि छ, हामी थप अनुगमन र नियमन गरिरहेका छौँ ।’

उनले कतिपय सहकारीहरू नियम, कानुनमा नरहेका कारण पनि अनुगमन तीव्र रूपमा भइरहेको बताउँदै पदीय दुरुपयोग गर्ने सहकारीहरूलाई पनि नियमन गरिने बताइन् ।

मेयर सा’बसँग काम गर्न कति सहज छ भन्ने जिज्ञासामा चौधरी भन्छिन्, ‘हरेक विषयवस्तुमा समन्वय र सहकार्य भइरहेको छ, काम गर्नका लागि अहिलेसम्म असहज भएको छैन ।’

विकास निर्माणका काममा सहकार्य भइरहेको र अब नगरको विकासका लागि आँफूहरूले छलफल गरिरहेको उनले बताइन् । अबको नगरसभापछि नगर क्षेत्रको विकासका लागि आँफूहरू गम्भीर हुने उनको भनाइ छ ।

Tags: #इटहरी उपमहानगरपालिकासंगीता चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी...

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो
समाचार

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

by रासस
साउन १६, २०८३
0

झापा : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ ।...

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३
मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

साउन १५, २०८३
सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.