सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिकामा सुत्केरीको मृत्यु भएको छ ।
अत्यधिक रक्तस्रावका कारण सोताङ गाउँपालिका ५ की ३० वर्षीया गंगा बस्नेतको मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका डा. अजय चौधरीले जानकारी दिए ।
उनका अनुसार बिहीबार दिउँसो सोताङ प्राथमिक अस्पतालमा अप्रेशनमार्फत छोरालाई जन्म दिएकी बस्नेतको रक्तस्राव नरोकिएपछि जिल्ला अस्पताल फाप्लु ल्याउँदै गर्दा बाटोमै मुत्यु भएको हो ।
अप्रेशनपछि तत्काल नै रगत चाहिँदा रगत अभावपछि सोताङ प्राथामिक अस्पतालले जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो ।
जिल्लाको कुनै पनि अस्पतालमा ब्लड बैंक नभएका कारण सुत्केरीलाई तत्काल रगत चाहिए उपलब्ध गराउन नसकिने डा. चौधरीले बताए ।
गतराति १० बजे सुत्केरीलाई जिल्ला अस्पतालमा ल्याइए पनि उनको मुत्यु भइसकेको अस्पतालले जनाएको छ। शिशुको अवस्था सामान्य रहेको जनाइएको छ ।



















Discussion about this post