Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

गोठगाउँमा मेडिकल कलेज चलाउन बाटो खुल्यो, यी तीन नेताको पहल सार्थक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २५, २०७९
in समाचार
0
गोठगाउँमा मेडिकल कलेज चलाउन बाटो खुल्यो, यी तीन नेताको पहल सार्थक
94
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : लामो समयको पहलपछि अन्ततः मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि बाटो खुलेको छ ।

मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न दिने निर्णय गरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको हो ।

गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि प्रतिनिधिसभा सदस्यद्वय डा. शेखर कोइराला, डा. सुनील शर्मा र प्रदेश मन्त्री जीवन आचार्यले निरन्तर पहल गरिरहेका छन् ।

मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्माले चुनावी एजेण्डाकै रुपमा यसलाई अघि सारेका थिए । सेवा विस्तार गर्दै मेडिकल कलेज सञ्चालन गर्ने डा. शर्माको योजना अनरुप गत माघ ४ गते अस्पतालको सेवा विस्तार उद्घाटन गरेर दैनिक ८ घण्टा अस्पताल सेवा सञ्चालन भइरहेको छ ।

त्यसअघि गत मंसिर २८ गते डा.शर्माको पहलमा काठमाडौंमा बसेको सर्वपक्षीय बैठकमा मेडिकल कलेज सञ्चालनका लागि सबै सरोकारवालाहरू एकमत भएका थिए ।

सांसदहरुसहित विश्वविद्यालय, मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग लगायतका पदाधिकारी सहभागि बैठकले कलेज सञ्चालनका लागि निर्णयार्थ मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

सांसद शर्माले माघ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अनुरोध गरेपछि प्रधानमन्त्रीले मुख्य सचिवलाई फोन गरेर फायल अगाडि बढाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि फायल अगाडि बढेपनि स्वास्थ्यमन्त्रीकहाँ पुगेर रोकिएको थियो । गत २२ गते पुनः डा. शर्माले प्रधानमन्त्रीलाई उक्त विषय जानकारी गराएपछि प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीलाई फोन गर्दै निर्देशन दिए ।

डा. शर्माले स्वास्थ्यमन्त्रीलाई भेट गर्दै मेडिकल कलेजको फाइल अगाडि बढाउन अनुरोध गरेपछि सोहीदिन मन्त्रिपरिषद्मा पुगेको थियो ।

मन्त्रिपरिषद्को स्वीकृतिपछि विश्वविद्यालयले कलेज सञ्चालनका लागि फ्याकल्टि नियुक्तिसहित पूर्वाधार निर्माणको योजना अगाडि बढाउने तयारी थालेको छ ।

तत्कालका लागि कोसी अस्पताललाई प्रयोगात्मक अभ्यासमा लिइने तथा क्रमिक रुपमा पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य लिइएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि तीन सय बेडको अस्पताल चाहिने चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेकाले तत्कालका लागि कोसी अस्पतालसँग सहकार्य गरिएको हो ।

मन्त्रीपरिषद्को स्वीकृतिसँगै अब आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन हुने भएपछि सो क्षेत्रबासी हर्षित भएका छन् ।

Tags: #मोरङपूर्वाञ्चल विश्वविद्यालयमेडिकल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.