धरान : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ९ का ६१ वर्षीय लक्ष्मण शाक्य रहेका छन् ।
सवारी ज्यान मुुद्दामा जिल्ला अदालत धनकुटाको मिति २०४९।्र०७्र।१८ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष कैद र ५ सय रुपैयाँ जरिवाना भइ फरार रहेका शाक्यलाई खोजतलासको क्रममा गाँउघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका शाक्यलाई सुनसरी जिल्ला अदालत इनरुवामा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।















Discussion about this post