इटहरी : उद्योग वाणिज्य संघ इटहरीको शनिबार भएको निर्वाचन अन्तर्गत आइतबार सम्पन्न मतगणनामा अन्तिम मतपरिणाम सार्वननिक भएको छ ।
निर्वाचन समितिका सदस्य पोषराज नेपालका अनुसार अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै, अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् ।
यस्तै, गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् भने मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे ।
महिला सदस्यतर्फ सबिना कोइराला (शोभा) १,२४९ मत र मीना ढकाल ९१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
उद्योगतर्फ भने अभिषेक बस्नेतले २५५, राजेन्द्र केशरी घिमिरेले २१८, विष्णु नारायण डाँगीले २०६ र दिलीप पराजुलीले १७५ मत प्राप्त गर्दै निर्वाचित भए ।
यस्तै, वस्तुगततर्फ विनोद पौडेलले १५ र उमानाथ दाहालले १३ मत प्राप्त गर्दै निर्वाचित भए ।
वाणिज्यतर्फ भने सिनेट रिजाल १,२८१ मत, राकेश श्रेष्ठ १,०२२ मत, ध्रुव अधिकारी ९०४ मत, बलबहादुर न्यौपाने ८८४ मत, सञ्जय शाह ८८१ मत, अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत, सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मतसहित वाणिज्य सदस्यमा निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा कूल २,७९० मत खसेको थियो । महिलातर्फ २ हजार ७९०, वाणिज्यतर्फ २ हजार २९०, उद्योगतर्फ ४५३, वस्तुगततर्फ २२ र एसोसिएटतर्फ ३६ मत खसेको थियो । यसअघि एसोसिएटतर्फ राजीव घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन् ।
यो पनि – उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित














Discussion about this post