इटहरी : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका एकजना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
चोरी मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७९।०३।३१ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ९ दिन कैद र १० हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका एक पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुहबी नगरपालिका ३ सुनसरीका ३२ वर्षीय राजन कुमार सरदार रहेका छन् । उनलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सरदारलाई मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post