इटहरी : इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार सम्बरबहादुर तिवारी र १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान पुजन राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागिय मूल्य मान्यता, आदेश र निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनीहरूलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
साथै तिवारीले मिति २०७९।१०।१७ गते मोटरसाइकल चोरीको अनुसन्धान तथा खोजतलासको सिलसिलामा इटहरी १० बस्ने वर्ष २९ को मुकेश कोइराला र इटहरी १२ बस्ने वर्ष ३० को सुजित मग्रातीको साथबाट अटोमेटिक पेस्तोल थान १, ऐ. को म्याक्जिन थान १, ऐ. को गोली थान ६ र लागूऔषध नाईट्रोसन, ब्राउनसुगर र उक्त चोरी भएको मोटरसाइकल समेत लुकाई राखेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएका थिए ।














Discussion about this post