विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बहुविवाह मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बहुविवाह मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।्र०८।्र२९ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना १७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिई फरार रहेका प्रतिवादी विराटनगर महानगरपालिका ६ का ३५ वर्षीय राजेश कामतलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कामतलाई मोरङ जिल्ला अदालतमा दाखिला गरे पश्चात कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post