इटहरी : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चोरी मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८्र।०३्र।१३ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ४ दिन कैद रही फरार रहेका सुन्दरहरैँचा नगरपालिका ५ मोरङका २६ वर्षीय गोविन्दबहादुर कठैतलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारेर प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरेको कठैतलाई सुनसरी जिल्ला अदालत दाखिला गराएकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post