Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

रासस by रासस
जेष्ठ २३, २०८३
in विविध, समाचार
0
बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा
60
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : सडक पुल नभएका नदी तथा खोला बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउने गरेपछि यात्रीलाई सास्ती हुने गरेको छ । यहाँका मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले बगाउने समस्या आएको हो ।

पूर्वी पहाडलाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर कोरिडोरअन्तर्गत्का सडकमा आठ वटा खोलामाथि पुल निर्माण भइरहेका छन् ।

पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ को सीमामा पर्ने हेँवा खोला र पाँचथर र धनकुटा जिल्लाको सीमामा पर्ने नावा खोलामा बाढीले अवरोध सिर्जना हुँदै आएको छ ।

दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढीले पटकपटक क्षति पुर्‍याउँदै आएको हो । केही ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारीका साधन पार गर्न सक्दैनन ।

दुई पाङ्ग्रे सवारीसाधन झोलुङ्गे पुलबाट तार्ने गरिएको छ भने अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाट पार गर्दछन् ।

अकस्मात पानीको बहाव बढेर जोखिम हुने गरेको तुम्बेवा गाउँपालिका–२ लखुवाका राजकुमार देवानले बताए ।

“जोखिम मोलेर सवारीसाधन पार गर्ने गरिएको छ”, देवानले भने, “डाइभर्सन बनायो भने कतिबेला बगाउँछ, टुङ्गो नै हुँदैन ।”

ताप्लेजुङ, तेह्रथुम र पाँचथरका सयौँ सवारीसाधन र ढुवानीका साधन दैनिक रूपमा तमोर कोरिडोर सडक हुँदै सञ्चालन हुने गरेका छन । नावालगायत खोलामा पुल निर्माणले भने गति लिइरहेको छ ।

यता, तमोर कोरिडोरअन्तर्गत पर्ने हेँवा खोलाको माझीटारमा पटकपटक बाढीले डाइभर्सन बगाउने गरेको छ । हेँवा खोलाको मुहान क्षेत्र ठूलो रहेको र वर्षा भइरहने हुँदा यहाँ बाढी आइरहने स्थानीय बताउँछन् । नियमित वर्षाका कारण गत चैतदेखि बाढी आएर डाइभर्सन बगाएको छ ।

“अघिल्ला वर्षहरूमा असारसम्म डाइभर्सनले थाम्दथ्यो”, हिलिहाङ–७ माझीटारका रामकुमार माझीले भने, “यो वर्ष चैतदेखि नै यातायात अवरुद्ध भएका छन् ।”

यहाँ डाइभर्सन नहुँदा ताप्लेजुङ तथा उत्तरी पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाबाट तमोर कोरिडोर सडक हुँदै तराईतर्फ सञ्चालन हुने सवारीसाधन मेची राजमार्गबाट फिदिम-शिवादोभान हुँदै घुम्नु पर्ने बाध्यता छ ।

तमोर कोरिडोर सडक आयोजना र निर्माण कम्पनीले नियमित रूपमा डाइभर्सन मर्मत तथा व्यवस्थित संरचना निर्माणका लागि चासो नदेखाउँदा समस्या भएको हिलिहाङ-५ का वीरेन्द्र मंग्रातीले बताए ।

“एक पटक बाढीले बगाएपछि लामो समयसम्म डाइभर्सन मर्मत नहुँदा छोटो दूरीको सडकको उपयोग नै हुन सकेको छैन”, मंग्रातीले भने, “यस क्षेत्रबाट सदरमुकाम जान पनि धेरै घुम्नु परेको छ ।”

त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा थापिएको डाइभर्सन बाढीले पटकपटक बगाउँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

दोभानेमा तीन वर्षअघि बाढीले सडक पुल बगाएपछि डाइभर्सनका माध्यमबाट सवारीसाधन आवातजावतको प्रबन्ध गरिएको हो । तर, धेरै पटक बाढीले डाइभर्सन बगाएको छ । यस वर्षको जेठ ८ गते अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएको थियो ।

लामो समय सडक अवरुद्ध हुन नदिई खोलामा पानीको बहाव घटेको समयमा डाइभर्सन निर्माण गर्ने गरिएको याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले बताए ।

“खोलाभन्दा माथि पनि धेरै नागरिक हुनुहुन्छ । त्यसैले खोला घटनासाथ डाइभर्सन बनाउने गरेका छौँ”, उनले भने, “तर, जति पटक बनायो, त्यति नै पटक बगाइरहेको छ ।”

निर्माणाधीन सडक पुल यस वर्ष बाढीले बगाएपछि कहिले नयाँ पुल निर्माण होला भन्ने चिन्तामा स्थानीयवासी छन् । यस वर्ष वर्षायाम सुरु नहुँदै बाढी पहिरोको जोखिम बढ्नुका साथै खोला तर्ने अवस्था नभएपछि स्थानीय गहिरो चिन्तामा परेको याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले उल्लेख गरे ।

यसैबीच, बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डाइभर्सन नहुँदा अवरुद्ध सडकलाई नियमित सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको छ ।

त्यसका लागि सम्बन्धित स्थानीय तह, आयोजना कार्यालय र निर्माण व्यवसायीलाई आग्रह गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

Tags: #पाँचथर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    833 shares
    Share 333 Tweet 208
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.