इटहरी : इटहरीमा इञ्जिनियरहरूलाई पाँचदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
स्केफ नेपालको आयोजना तथा लोकल रोड ब्रिज सपोर्ट युनिटको प्राविधिक सहकार्यमा बिहीबारबाट इटहरीको इनटुरिस्ट होटलमा पाँचदिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
स्केफ नेपालका महासचिव कमल कार्कीका अनुसार उपत्यका बाहिर सबै प्रदेशमा काम गर्दै आएका इञ्जिनियरहरूलाई पाँचदिने प्रशिक्षण आयोजना गरिएको हो । उनका अनुसार प्रशिक्षण कार्यक्रममा ३५ जना सहभागी छन् ।
जसअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश १ बाट १०, मधेश प्रदेशबाट १०, परामर्श दातृ संस्थाबाट ५, निर्माण कन्ट्रक्सन कम्पनीबाट ५ जना र नेपाल सरकारको भौतिक पूर्वाधार अन्तर्गतका कार्यालयबाट ५ जना सहभागी रहेको कार्कीले बताए ।
कार्यक्रमका प्रशिक्षक सकिल मानन्धरले इञ्जिनियर क्षेत्रमा दक्ष जनशक्ति विकास होस् भन्ने उदेश्यले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए ।
‘खासगरी यो प्रशिक्षणले नेपालमा पक्की पुल डिजाइन गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने, ‘हामीले प्राविधिकमै केन्द्रीत रहेर क्षमता विकासका कुरामा सहयोग पुर्याउने उदेश्यले प्रशिक्षण दिनेछौँ ।’














Discussion about this post