तरहरा : तरहरा जेसीज र धनकुटा लेडी जेसीजका शाखा पदाधिकारीलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
तरहरा जेसीजको आयोजनामा शनिबार धनकुटाको भेडेटारमा शाखा पदाधिकारीहरूलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
प्रशिक्षणको तरहरा जेसीजका पूर्व अध्यक्ष एवम् बोर्ड अफ ट्रष्टिजका अध्यक्ष मोहन दाहाल र तरहरा जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रामकुमार गिरीले सहजीकरण गरेका थिए ।
तरहरा जेसीजका अध्यक्ष बहादुर तामाङ र धनकुटा लेडी जेसीजकी अध्यक्ष मेनुका बस्नेतको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा दुई शाखाका करीब दुई दर्जनको सहभागी थियो ।
‘तरहरा जेसीजले मातृत्व प्रदान गरेको धनकुटा लेडी जेसीजसँगको सहकार्यमा हामीले विगतमा पनि सँगै तालिमको आयोजना गरेका थियौँ, सोही कारण यसपटक पनि संयुक्त तालिमको आयोजना गरिएको हो,’ तरहरा जेसीजका अध्यक्ष तामाङले भने, ‘आगामी दिनमा तरहरा जेसीजले व्यक्तिगत र सामुदायिक क्षेत्रमा विभिन्न सकारात्मक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।’
कार्यक्रम संयोजक सुरज लामाका अनुसार संयुक्त रूपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
तालिम निर्देशक तथा तरहरा जेसीजका कार्यकारिणी उपाध्यक्ष विवेक विवश रेग्मीका अनुसार नयाँ नेतृत्व चयन भएपछि पहिलोपटक शाखा पदाधिकारी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
जेसीज सदस्यहरूको नेतृत्व र व्यक्तित्व विकासका निम्ति आगामी दिनमा विभिन्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिने उनले बताए ।














Discussion about this post