ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता भएकी ६ वर्षीय बालिका मृत अवस्थामा भेटिएकी छिन् ।
स्थानीय गणेश लिम्बूकी छोरी सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सोनिया गत माघ २५ देखि बेपत्ता थिइन् ।
घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ पहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post