Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको मोर्डन प्रिपेरेटोरी स्कुलमा विद्यार्थीहरूले देखाए यस्ता प्रतिभा (तस्वीरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २१, २०७९
in समाचार
0
इटहरीको मोर्डन प्रिपेरेटोरी स्कुलमा विद्यार्थीहरूले देखाए यस्ता प्रतिभा (तस्वीरहरूसहित)
236
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ६ मा रहेको मोर्डन प्रिपेरेटोरी इङ्लिस स्कुलमा विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्फुटन गरेका छन् ।

आइतबार (आज) एक समारोहबीच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आँफूमा भएका अन्तरनिहीत क्षमता प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, फुड फेस्टिबल, हस्तकला प्रदर्शनी र मोर्डन सिंगिङ स्टार कार्यक्रमको आयोजना गरिएको थियो । विद्यार्थीहरूले आँफैले बनाएका खानेकुरासहित विज्ञान र हस्तकला प्रदर्शनी गरिएको हो ।

यस्तै, मोर्डन सिंगिङ स्टार अन्तरगत भएको कार्यक्रममा कक्षा ९ मा अध्ययनरत उज्वल निरौला प्रथम भएका छन् । यस्तै, कक्षा ५ मा अध्ययनरत मीनाक्षी अधिकारी द्वितीय र कक्षा ९ मा अध्ययनरत श्यामल मोक्तान तृतीय भएका छन् ।

उनीहरू पहिला छनौट भएर टप ५ भित्र आएका थिए । जसमध्ये उत्कृष्ट भएका ती विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ ।

‘अध्ययन भनेको पाठ्यक्रम मात्रै होइन, त्यो बाहेक बाहिरी कुरा पनि सिक्नुपर्छ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो,’ विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जीव वाग्लेले भने, ‘एउटा उत्सवको रूपमा यो कार्यक्रम आयोजना गरिएको हो, यसअघि पनि विद्यार्थीहरूको क्षमता अभिवृद्विका लागि विविध कार्यक्रमको आयोजना गरिदैँ आइको छ ।’

उनका अनुसार विद्यालयले पाठ्यक्रममा भएका किताबी कुरामात्रै भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ ।

उनले भने, ‘किताबी कुराले कक्षामा उत्तीर्ण गर्नका लागि सहज हुन्छ, तर व्यवहारिक ज्ञानले जीवन निर्वाहका लागि सहज हुने भएकाले हामीले व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै आएका छौँ ।’

कार्यक्रमका प्रमुख अतिथि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडर्जोनी विशेषज्ञ डा. पशुपती चौधरीले विद्यालयले यो किसिमको कार्यक्रम आयोजना गर्नु सकारात्मक रहेको बताए । उनले विद्यार्थीमा भएको क्षमता आफ्ना अभिभावका अगाडि प्रस्तुत गर्दा पनि विद्यार्थीलाई प्रोत्साहन हुने बताए ।

उनले भने, ‘विद्यार्थीहरूले आफ्ना अभिभावकका अगाडि गायन, नृत्य तथा विभिन्न रचनात्मक गतिविधि गर्दा उनीहरूमा हौसला पुग्छ, सो कारणले किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि बढ्छ ।’

यो किसिमको कार्यक्रम आयोजना गरेकोमा डा. चौधरीले विद्यालय परिवारलाई शुभकामना दिए ।

कार्यक्रममा सोही विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका अधिकृत सुधीर साफीले विद्यार्थीमा भएका रचनात्मक कुरा प्रस्तुत गर्ने सकारात्मक माध्यम उक्त कार्यक्रम भएको बताए ।

उनले भने, ‘यस्ता किसिमका कार्यक्रमले विद्यार्थीहरूको संर्वाङ्गीण विकासमा सहयोग पुग्छ, यसले पनि यस्ता कार्यक्रम आवश्यक देखिन्छ ।’

विद्यालयका प्रधानाध्यापक भीम श्रेष्ठले कक्षामा सिकेका ज्ञान व्यवहारिक रूपमा उतार्नका निम्ति यो किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

‘कक्षामा सिकेका ज्ञानलाई व्यवहारिक रूपमा उतार्न र व्यवहारिक ज्ञानलाई प्रयोगमा ल्याउनका निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘आगामी दिनमा पनि विद्यार्थीहरूको अन्तरनिहीत क्षमतालाई अभिभावकसामु पुर्याउनका निम्ति रचनात्मक कार्यक्रमको आयोजना गर्नेछौँ ।’

Tags: #इटहरीमोर्डन प्रिपेरेटरीशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    488 shares
    Share 195 Tweet 122
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.