Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको मोर्डन प्रिपेरेटोरी स्कुलमा विद्यार्थीहरूले देखाए यस्ता प्रतिभा (तस्वीरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २१, २०७९
in समाचार
0
इटहरीको मोर्डन प्रिपेरेटोरी स्कुलमा विद्यार्थीहरूले देखाए यस्ता प्रतिभा (तस्वीरहरूसहित)
236
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ६ मा रहेको मोर्डन प्रिपेरेटोरी इङ्लिस स्कुलमा विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्फुटन गरेका छन् ।

आइतबार (आज) एक समारोहबीच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आँफूमा भएका अन्तरनिहीत क्षमता प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, फुड फेस्टिबल, हस्तकला प्रदर्शनी र मोर्डन सिंगिङ स्टार कार्यक्रमको आयोजना गरिएको थियो । विद्यार्थीहरूले आँफैले बनाएका खानेकुरासहित विज्ञान र हस्तकला प्रदर्शनी गरिएको हो ।

यस्तै, मोर्डन सिंगिङ स्टार अन्तरगत भएको कार्यक्रममा कक्षा ९ मा अध्ययनरत उज्वल निरौला प्रथम भएका छन् । यस्तै, कक्षा ५ मा अध्ययनरत मीनाक्षी अधिकारी द्वितीय र कक्षा ९ मा अध्ययनरत श्यामल मोक्तान तृतीय भएका छन् ।

उनीहरू पहिला छनौट भएर टप ५ भित्र आएका थिए । जसमध्ये उत्कृष्ट भएका ती विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ ।

‘अध्ययन भनेको पाठ्यक्रम मात्रै होइन, त्यो बाहेक बाहिरी कुरा पनि सिक्नुपर्छ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो,’ विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जीव वाग्लेले भने, ‘एउटा उत्सवको रूपमा यो कार्यक्रम आयोजना गरिएको हो, यसअघि पनि विद्यार्थीहरूको क्षमता अभिवृद्विका लागि विविध कार्यक्रमको आयोजना गरिदैँ आइको छ ।’

उनका अनुसार विद्यालयले पाठ्यक्रममा भएका किताबी कुरामात्रै भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ ।

उनले भने, ‘किताबी कुराले कक्षामा उत्तीर्ण गर्नका लागि सहज हुन्छ, तर व्यवहारिक ज्ञानले जीवन निर्वाहका लागि सहज हुने भएकाले हामीले व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै आएका छौँ ।’

कार्यक्रमका प्रमुख अतिथि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडर्जोनी विशेषज्ञ डा. पशुपती चौधरीले विद्यालयले यो किसिमको कार्यक्रम आयोजना गर्नु सकारात्मक रहेको बताए । उनले विद्यार्थीमा भएको क्षमता आफ्ना अभिभावका अगाडि प्रस्तुत गर्दा पनि विद्यार्थीलाई प्रोत्साहन हुने बताए ।

उनले भने, ‘विद्यार्थीहरूले आफ्ना अभिभावकका अगाडि गायन, नृत्य तथा विभिन्न रचनात्मक गतिविधि गर्दा उनीहरूमा हौसला पुग्छ, सो कारणले किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि बढ्छ ।’

यो किसिमको कार्यक्रम आयोजना गरेकोमा डा. चौधरीले विद्यालय परिवारलाई शुभकामना दिए ।

कार्यक्रममा सोही विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका अधिकृत सुधीर साफीले विद्यार्थीमा भएका रचनात्मक कुरा प्रस्तुत गर्ने सकारात्मक माध्यम उक्त कार्यक्रम भएको बताए ।

उनले भने, ‘यस्ता किसिमका कार्यक्रमले विद्यार्थीहरूको संर्वाङ्गीण विकासमा सहयोग पुग्छ, यसले पनि यस्ता कार्यक्रम आवश्यक देखिन्छ ।’

विद्यालयका प्रधानाध्यापक भीम श्रेष्ठले कक्षामा सिकेका ज्ञान व्यवहारिक रूपमा उतार्नका निम्ति यो किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

‘कक्षामा सिकेका ज्ञानलाई व्यवहारिक रूपमा उतार्न र व्यवहारिक ज्ञानलाई प्रयोगमा ल्याउनका निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘आगामी दिनमा पनि विद्यार्थीहरूको अन्तरनिहीत क्षमतालाई अभिभावकसामु पुर्याउनका निम्ति रचनात्मक कार्यक्रमको आयोजना गर्नेछौँ ।’

Tags: #इटहरीमोर्डन प्रिपेरेटरीशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1015 shares
    Share 406 Tweet 254
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.