इटहरी : ६ लेन सडक विस्तार अन्तरगत इटहरी–धरान लाइनका फुटपाथ क्लियर गरिने भएको छ ।
इटहरीको मुख्य चोकदेखि धरान लाइनमा फुटपाथ अतिक्रमण गरी बनाएका ठूला संरचनाहरू भत्काइने भएको हो
शुक्रबार (आज) बसेको १२८ औँ कार्यपालिका बैठकले फुटपाथ क्लियर गर्ने निर्णय गरेको हो ।
रानी–विराटनगर–दुहबी–इटहरी–धरान जोड्ने ६ लेन सडक विस्तारको काममा केही अबरोध कायम रहेको भन्दै सडक आयोजनाले फुटपाथ क्लियर गर्ने उपमहानगरलाई पत्राचार गरिएको थियो ।
धरान लाइनको फुटपाथ अतिक्रमणसँगै खेतीखोला र टेङ्ग्रा खोला अतिक्रमण गरेर बनाएको भौतिक संरचनाहरू भत्काइने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
कोसी प्रदेशको मेरुदण्डको रूपमा विकास गर्न खोजिएको भारत र चीन जोड्ने कोसी राजमार्गको रानी विराटनगर–इटहरी–धरान सडक योजना विस्तारको काम सरकारी बेवास्ताका कारण सुस्त गतिमा छ ।
यसअघि उपमहानगरले सडक विस्तार आयोजनालाई पत्राचार गरेर सडक निर्माण चाँडै बनाउन आग्रह गरेको थियो ।














Discussion about this post