Saturday, August 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

स्ववियु : जनता बहुमुखी क्याम्पसको सभापतिमा सहदेव काफ्ले निर्वाचित, यस्तो छ उनको विगत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ७, २०७९
in समाचार
0
स्ववियु : जनता बहुमुखी क्याम्पसको सभापतिमा सहदेव काफ्ले निर्वाचित, यस्तो छ उनको विगत
156
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का सहदेव काफ्ले निर्वाचित भएका छन् ।

सुनसरीको सबैभन्दा बढी विद्यार्थी भएको उक्त क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका इकाई सभापति समेत रहेका काफ्ले निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा कूल ५,७७८ मतदातामध्ये २,४२४ मत खसेको थियो । सोमबार दिउँसोबाट सुरु भएको मतगणनाको अन्तिम मतपरिणाम मंगलबार बिहान ३ बजेतिर आएको छ । अन्तिम मत परिणामअनुसार काफ्लेले एक हजार २९८ मत प्राप्त गर्दै विजयी भए । काफ्लेलाई समाजवादी विद्यार्थी युनियनको साथ थियो ।

उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका उज्वल सिग्देलले ६८२ मत प्राप्त गरे । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका दानबीर थापा (सम्राट) ले २८५ मत प्राप्त गरेका छन् ।

को हुन् काफ्ले ?

बि.सं. २०५२ मंसिर १४ गते भोजपुरको हसनपुरमा जन्मिएका काफ्ले ११ वर्षको उमेरदेखि नै राजनीतिमा चासो राख्थे ।

उनी २०६२।०६३ सालको जनआन्दोलनताकै सक्रिय रहे । कलिलो उमेरमै निबन्ध लेखन, साहित्यिक गतिविधिमा सक्रियता, वक्तित्वकला, नेतृत्व विकास तथा क्षमता अभिवृद्वि लगायतका कार्यक्रममा उनको सहभागिता हुन्थ्यो ।

०६४ सालमा भोजपुरबाट सुनसरीको तत्कालीन भरौल गाबिसस्थि कालाबञ्जारमा बसाइसराईँ आएपछि उनी स्थानीय भरौल बाल सञ्जालको अध्यक्ष बने । यस्तै,०६८ सालमा नेविसंघ जडेज माविका इकाई सभापतिको कार्यभार सम्हालिसकेका काफ्ले निरन्तर विद्यार्थी राजनीतिमा सक्रिय छन् ।

खासगरी इटहरीको जनता बहुमुखी क्याम्पसमा २०७१ सालमा भर्ना भएपछि उनमा विद्यार्थी राजनीतिको चाख बढ्दै गयो ।

सोही अनुरूप ०७१ सालमा जनता बहुमुखी क्याम्पस प्रवेश गरी नेविसंघको इकाई समिति सदस्य भइ २०७३ मा इकाई सचिव भएका उनी विद्यार्थीका हरेक समस्याको सारथी बन्दै आएका छन् ।

विद्यार्थीलाई लिनका लागि बिहानको समयमा बस नपुगेका स्थानमा क्याम्पसको बस पु¥याउन उनको योगदान महत्वपूर्ण छ । बस नआएका ठाउँमा विद्यार्थीले काफ्लेलाई नै सम्झन्छन् ।

विद्यार्थीका समस्या आउनेबित्तिकै काफ्ले अडिग भएर उनीहरूका समस्यासँग नजिक रहेर काम गर्दै आएका छन् ।

०७४ सालमा जनता बहुमुखी युवा रेडक्रस सर्कलको सभापति भएसँगै प्राथमिक उपचारको व्यवस्था गर्ने कार्यको प्रवन्ध र नेपालको सबैभन्दा ठूलो रेडक्रसमार्फत विपद् व्यवस्थापनको कार्यक्रम समेत आयोजना गरिसकेका काफ्ले अहिले नेविसंघ जनता बहुमुखी क्याम्पसको इकाई सभापति छन् ।

उनी विद्यार्थीमाझ मात्रै होइन, प्राध्यापकसँग पनि उत्तिकै परिचित र नजिक छन् । उनलाई प्राध्यापकहरूले समेत अनुशासित र कर्तव्यनिष्ट विद्यार्थीका रूपमा रुचाउँदै आएका छन् ।

बिहान क्याम्पसमा अध्ययन र विद्यार्थीका समस्यासँगै काम गर्दै आएका उनी दिउँसो भने अध्यापन पेशामा सक्रिय छन् । दिनभर उनी इटहरीको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएका छन् ।

खासगरी क्याम्पसमा छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था मिलाएका काफ्लेको तीखो र लोभलाग्दो भाषणले विद्यार्थीहरू उनीसँग प्रभावित हुँदै आएका छन् ।

स्नातकोत्तर अध्ययन गरिसकेका काफ्लेले क्याम्पसमा भएका बेथितिहरूका विरुद्व विद्यार्थीमाझै रहेर नेतृत्व लिदैँ आएका छन् ।

व्यवहारिक र प्रयोगात्मक शिक्षाको अबलम्बन गर्न गराउन आवाज उठाइरहेका उनी स्ववियु सभापतिमा निर्वाचित भइसकेपछि आँफू निरन्तर नडगमगाइकन विद्यार्थीको पक्षमा काम गर्ने बताउँछन् ।

‘स्ववियु सबै विद्यार्थीको साझा थलो भएका कारण मेरो नेतृत्वले कसैलाई विभेद नगरी काम गर्नेछ,’ काफ्ले भन्छन्, ‘मैले विगतमा गरेका राम्रा कामकै कारण विद्यार्थीहरूले मलाई मत दिएर जिताउनुभएको छ, अब मेरो काँधमा विद्यार्थीका पक्षमा काम गर्ने चुनौतीसँगै जिम्मेवारी थपिएको छ ।’

यसअघिको स्ववियुले विद्यार्थीको पक्षमा काम गर्न नसेकपनि आँफू निरन्तर विद्यार्थीकै पक्षमा काम गर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीले कामै गर्न नसक्ने एजेन्डा बाँडेका छैनौँ, काम गर्न सक्ने र स–साना समस्या सम्बोधन हुनेगरी काम गर्छौँ ।’

पारिवारिक पृष्ठभूमी राजनीति नै

काफ्लेको पारिवारिक पृष्ठभूमी पनि राजनीतिक नै रहेको छ । उनका जेठा दाजु रोहित काफ्ले बराहक्षेत्र नगरपालिका वडा नं. ५ का वडाध्यक्ष छन् ।

बराहक्षेत्र ५ स्थायी घर भएका सहदेवका दाजु रोहितले यसअघि कहिल्यै कांग्रेसले नजितेको उक्त वडामा गत स्थानीय तहको निर्वाचनमा जितेका थिए ।

अन्य सदस्य नेकपा एमालेले जितेपनि वडाध्यक्ष भने काफ्लेले जित्दै वडाको नेतृत्व गरेका छन् । पारिवारिक पृष्ठभूमी पनि राजनीतिक नै रहेका कारण काफ्लेलाई विद्यार्थी राजनीति गर्न सहज भएको बताइन्छ ।

यता, नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराई भन्छन्, ‘जिल्लाका सबै इकाई सभापतिमध्ये सबैभन्दा बढी अनुशासित र दक्ष विद्यार्थी भएकै कारण सहदेवको यो जित भएको हो ।’

काफ्लेको बोल्ने कला क्षमतावान भएको र विद्यार्थीमाझ नजिकबाट घुलमिल भएका कारण स्ववियु सभापतिमा जित निकालिएको भट्टराईले बताए ।

‘अब विद्यार्थीका सामान्य समस्यालाई पनि निराकारण गर्न सहदेवको नेतृत्व महत्वपूर्ण हुन्छ,’ भट्टराईले भने, ‘हिजोका दिनमा विद्यार्थीलाई समस्या पर्दा सम्झदैँ आएको एक्लो नाम सहदेव नभई अब अब स्ववियुले नेतृत्व लिन्छ ।’

यो पनि – ‘मेरो नेतृत्वले कोही विद्यार्थीलाई विभेद हुँदैन, स्ववियु सबै विद्यार्थीको साझा थलो हुनेछ’ : अन्तर्वार्ता

Tags: जनता बहुमुखी क्याम्पससहदेव काफ्लेस्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी...

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो
समाचार

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

by रासस
साउन १६, २०८३
0

झापा : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ ।...

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३
मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

मोरङमा एक टनभन्दा बढी गाँजा बरामद

साउन १५, २०८३
सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

सुनसरी घटना : दुई मृतकको शव परिवारलाई बुझाइयो

साउन १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा हट्यो कर्फ्यू, यी पालिकामा निषेधाज्ञा कायमै

साउन १६, २०८३
कोरोना कहर : धरानका मन्दिरहरु बन्द, व्यवसायी चिन्तित

सुरक्षा जोखिमका कारण पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन पूजा स्थगित

साउन १५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.