झापा : झापाको कमल गाउँपालिका ४ सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ ।
मंगलवार राती को समयमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको उक्त नम्बरको गाडीले पैदल यात्री कमल गाउँपालिका ५ का ४० वर्षीय चन्द्र बहादुर राईलाई ठक्कर दिंदा घाईते भएका राईलाई उपचारको लागी आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ठक्कर दिने बोलेरो र चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post