इटहरी : कोसी प्रदेश नामकरणको विषयलाई लिएर इटहरी उपमहानगरपालिकामा तालाबन्दी गरिएको छ ।
पुनः प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै बुधबार (आज) इटहरी उपमहानगरको गेटमा संघर्ष समितिले तालाबन्दी गरेको हो ।
‘पहिचान विरोधी होशियार,’ ‘पहिचान मेट्न पाइदैँन,’ ‘प्रदेशको नाम खारेज गर’ जस्ता नारा लगाउँदै उपमहानगरमा तालाबन्दी गरिएको हो ।
१ नं. प्रदेश पुनः नामकरण संघर्ष समितिले इटहरीमा एक कार्यक्रमको आयोजनापछि उपमहानगरमा तालाबन्दी गरेको हो ।
कार्यालय खोलेको भन्दै उपमहानगरको गेटमा तालाबन्दी गरिएको बताइएको छ ।
पहिचान पक्षधरले मंगलबार भने विराटनगरमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा २२ जना घाइते समेत भएका थिए ।
प्रदेशको नाम कोसी राखिएपछि पहिचान पक्षधर भने पहिचानकै आधारमा पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत छन् ।
यो पनि – कोसी नामकरणविरुद्व आन्दोलनमा उत्रिएका इटहरीका चारसहित १९ जना घाइते
यो पनि – कोसी प्रदेश : पहिचान पक्षधरले दमक र पाँचथरमा गरे तालाबन्दी
यो पनि –उर्लाबारीमा कार्यालय खोलेको भन्दै पहिचान पक्षधरबाट वडाध्यक्ष कुटिए














Discussion about this post