Sunday, July 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकको प्रष्टीकरण–‘विद्यार्थीले चिट चोर्न नपाएपछि आक्षेप लगाइयो’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १६, २०७९
in समाचार
0
145
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित पीण्डेश्वर विद्यापीठ विद्यालयका उपप्राध्यापक गिरिराज खतिवडाले विद्यार्थीले चिट चोर्न नपाएपछि आँफूमाथि आक्षेप लगाइएको प्रष्टीकरण दिएका छन् ।

मंगलबार मापसे गरेको भन्दै विद्यार्थीले आरोप लगाएपछि उपप्राध्यापक खतिवडाले विद्यार्थीले चिट चोर्न नपाएपछि आँफूमाथि हुँदै नभएको आरोप लगाइएको बताएका हुन् ।

‘परीक्षा केन्द्राध्यक्षले अघिल्लै दिन बोलाएपछि म निरीक्षक गएको थिएँ,’ खतिवडाले भने, ‘परीक्षा लेखेपछि हामी कापी बुझाउन थाल्यौँ, एकजना विद्यार्थीले एकान्तमा बोलाएर लगे र गालीगलौज गर्न थाले ।’

आँफूले कुनै विद्यार्थीलाई अपशब्द नबोलेको र मापसे सेवन नगरेको उनले बताए । ‘विद्यार्थीहरुले चिट चोर्न पाएनन्, चिट चोर्न नपाएकै कारण आक्षेप लगाइयो,’ उनले भने, ‘सबै कुरा विद्यार्थीलाई खुलाउनुपर्छ भन्ने होइन, मेरो आशय विद्यार्थीहरूले परीक्षामा मनलाग्दी गर्नुहुँदैन भन्ने हो ।’

अहिले पीण्डेश्वर विद्यापीठमा शास्त्री शंकायको तीन वर्षे र चार वर्षे कोर्षको परीक्षा चल्दैछ । केही विद्यार्थीले स्ववियु चुनावको पनि पूर्वाग्रह राखेकाले आँफूमाथि दुव्र्यवहार भएको उनको भनाइ छ ।

यता, क्याम्पस प्रमुख काशीनाथ पौडेलले ७ बजेबाट सुरु हुने परीक्षामा उपप्राध्यापक खतिवडा ६ः३० बजे नै आएर अरु शिक्षकसरह खटिएको भएपनि व्यक्तिगत रूपमा अनावश्यक आरोप लगाइएको प्रतिक्रिया दिए ।

‘विद्यार्थीहरूले घेरेर ‘खाको भन् हो कि होइन, स्वीकार गर्’ भनेर कर गरेपछि आजित भएर हो भनिएको देखिन्छ,’ उनले भने, ‘के खाएको भन्ने खुलेको छैन, उहाँ लगायत अरु चारजना सरहरू निरीक्षक हुनुहुन्थ्यो, विद्यार्थीबाटै उहाँ (खतिवडा) माथि चरित्र हत्याको काम भयो ।’

परीक्षालाई मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गर्दा विद्यार्थीबाट दुव्र्यवहार भएको उनले बताए ।

‘व्यक्तिका स्वभाव हुन्छन्, कोही नरम र कोही कडा प्रकृतिका हुन्छन्, आफ्नो काम गर्ने काममा खतिवडा सर कडा स्वभावसाथ ड्यूटीमा खट्नुभयो होला स्वभाविक हो,’ पौडेलले भने, ‘उहाँ अलिक कडा मिजासको मान्छे हो, परीक्षाको कापी बुझाएपछि बाहिर निस्किएर विद्यार्थीबाट यो किसिमको व्यवहार हुनु आपत्तिजनक हो ।’

Tags: #धरानगिरिराज खतिवडापीण्डेश्वर विद्यापीठ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1080 shares
    Share 432 Tweet 270
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    767 shares
    Share 307 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.