ताप्लेजुङ : ताप्लेजुङका दुई ठाउँमा दुई जना पुरुषको शव फेला परेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका घर भएका विशाल थापाको शव सिरिजङ्घा गाउँपालिका पुछार काबेली खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सुपर काबेली हाड्रोपारमा एक्स्काभेटर चालकको रूपमा काम गर्ने थापामा राति बरबराउने समस्या थियो ।
यस्तै, फुङलिङ नगरपालिका २ देवलिङ्गे बस्ने ३४ वर्षीय कुमार विकको शव सिम्ले नजिकैको सडक किनारमा भेटिएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post