झापा : झापामा विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।
ठगी, जबरजस्ती करणी र सवारी ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका ८ बस्ने ४१ वर्षीय वेद प्रसाद सेडाई, सोही नगरपालिका ३ बस्ने ३६ वर्षीय नगेन राई र सोही नगरपालिका ७ बस्ने ४५ वर्षीय पवन लिम्बु रहेका छन् ।
उनीहरूमध्ये वेद प्रसाद सेडाईलाई जिल्ला अदालत झापाको २०६९ चैत २० गतेको फैसलाले ठगी मुद्दामा ५ दिन कैद र १ हजार रुपैयाँ जरिवाना, नगेन राईलाई सोही अदालतको २०६७ फागुन १७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय र पवन लिम्बूलाई सोही अदालतको २०७५ असार ५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय ठहर भएको थियो ।












Discussion about this post