सुनसरी : सुनसरीको गढी गाउँपालिकाले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै वडा नं. १ का जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू आन्दोलनमा उत्रिएका छन्।
गढी वडा नं. १ मा पर्ने मधेली बजारको सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा भत्काउने गाउँपालिका गरेको निर्णय कार्यान्वयन नभएको विरोधमा जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू आन्दोलनमा उत्रिएका हुन्।
बजार व्यवस्थापन गर्न गाउँपालिकाले २०७७ कार्तिक १८ गते सर्वदलीय बैठक बसेर फागुन मसान्तसम्म घर–टहरा हटाउन ३० दिने सूचना जारी गरेको थियो। सो सूचनाको विरोधमा केही स्थानीयले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए।
यद्यपि, गाउँपालिकाको पक्षमा फैसला आएको थियो। अदालतको फैसला कार्यान्वयनका लागि गाउँपालिकाले पटक–पटक सूचना जारी गर्दा पनि केही स्थानीयले गाउँपालिका अध्यक्ष आशनारायण चौधरीको संरक्षणमा घर नभत्काएको स्थानीय भद्रनारायण चौधरीले बताए।
वडा कार्यालयको पहलमा सडक क्षेत्राधिकार भित्र पर्ने २८ घर मध्ये नौ वटा घर भत्काएपनि बाँकी घर–टहराहरु हटाउन बाँकी छन्।














Discussion about this post