इटहरी : इटहरी उपमहानगरपालिकाले आज (आइतबार) बैशाख ३ गते सार्वजनिक विदा दिएको छ ।
थारु जातीलाई प्रथम जाती घोषणा गरेको उपमहानगरपालिकाले थारु जातीले मनाउने सिरुवा पर्वको अवसरमा विदा दिएको हो ।
बैशाख महिनाभरी विभिन्न ग्रामथानहरूमा थारु समुदायले पूजा गर्ने र मेला महोत्सवमा रमाउने गरेको छ ।
थारु संस्कारलाई संरक्षण र सम्मान गर्दै ३ गते विदा दिइएको मेयर हेमकर्ण पौडेलले हस्ताक्षर गरेका सूचनामा उल्लेख छ ।














Discussion about this post