बराहक्षेत्र : बराहक्षेत्रमा खोला, पैनी मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन नगरपालिकाले निर्देशन दिएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नं. ५ कालाबञ्जरस्थित खोला क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा हटाउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो ।
खोलाको बहाब क्षेत्र (खोलाको नक्साको क्षेत्रफल बमोजिमको क्षेत्र) अतिक्रमण गरी निर्माण गरिएका खोला भित्रका घर, टहरा तथा बरण्डाहरूका कारण पानी बस्ती तथा सडकमा प्रवेश गरी वर्षनी ठूलो मात्रामा धनजनको क्षति भएको भन्दै उक्त संरचना ३५ दिनभित्र हटाउन निर्देशनसहित नगरपालिकाले सूचना जारी गरेको नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।
तोकिएको समयमा संरचना हटाउन अटेर गरेमा स्थानीय सरकार संञ्चालन एेन, २०७४ तथा प्रचलित एेन कानुन बमोजिम कारबाही गरिने उनले बताए ।












Discussion about this post