विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना एक सय दिनको उपलब्धी सार्वजनिक गर्ने भएका छन् ।
कार्कीले मुख्यमन्त्रीको रुपमा गत पुस २५ गते शपथग्रहण गरेका थिए ।
त्यही दिनदेखि आफू नेतृत्वको सरकारले गरेका मुख्य उपलब्धीलाई समेटेर सार्वजनिक गर्ने तयारी गरेको कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए ।
‘हालसम्म सरकारले गरेका राम्रा कामको सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ खनालले भने, ‘सबै मन्त्रालयलाई विवरण माग गरिएको छ ।’ मुख्य उपलब्धीको रुपमा कोशी प्रदेशको नामाकरणमा सरकारले गरेको सहजीकरणलाई पनि उल्लेख गरिने बताइएको छ ।
नवगठित सरकारले संशोधन गरेको नियमावली अनुसार पहिले कायम रहेका ४ वटा मन्त्रालय अन्य मन्त्रालयमा गाभिएको छ ।














Discussion about this post