धरान : धरान कार्यपालिकाको फेरि पनि स्थगित भएको छ ।
मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रबिक्रम वेघा र तीनजना वडाध्यक्ष मात्रै उपस्थित भएपछि कार्यपालिका बैठक स्थगित भएको हो ।
गत चैत्र १ गते भएको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरीकन स्थगित भएको छ ।
सोमबार बोलाइएको बैठकमा धरान उपमहानगरपालिका अन्तर्गत २० जना वडाध्यक्ष र ८ कार्यपालिका सदस्यमा मेयर, उपमेयर ३ वडाध्यक्षहरूको मात्रै उपस्थिति भएपछि गणपुरक संख्या अपुगको कारण स्थगित भएको हो ।
केही समय अगाडि मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले वडाध्यक्षहरूलाई पठाएको पत्रको विषयमा अध्यक्षहरूले सो कुरा उठाएको र मेयरले आत्मआलोचनासहित माफी माग्नुपर्ने बताएकाले बैठक बस्न सकेको थिएन ।
केही समयअघि कार्यपालिका सदस्यहरूले पत्रकार सम्मेलन गर्दै विभिन्न पाँच बुंदाहरू माग राखेका थिए ।
सोही पाँच बुँदे माग सम्बोधन नभएको कारण खुलाउँदै सोमबार बोलाइएको बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू उपस्थित हुन नसक्ने धरान वडा नम्बर १७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले अग्रिम सूचना दिएका थिए ।
बैठकमा मेयर हर्कराज राई, उपमेयर आईन्द्रबिक्रम वेघा, वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र प्रसाद भट्टराई ,वडा नं. १४ का कृष्णप्रसाद भट्टराई र वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई मात्र उपस्थित थिए ।














Discussion about this post