दुहबी : इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चोरी मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०७८।११।०४ गतेको फैसला आदेशले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना रही फरार रहेका सुनसरीको दुहबी नगरपालिका ९ का २६ वर्षीय मो. ईमतीयाजलाई पक्राउ गरिएको हो ।
खोजतलास गर्ने क्रममा दुहवी ५ डाँगाचौकबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीमा पेस गरेकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।














Discussion about this post