ताप्लेजुङ : जिल्लाको मैवाखोला गाउँपालिका–४ साँघुको चित्रेमा परेको चट्याङले १० वर्षीय बालकको मृत्यु भएको छ ।
बुधबार (आज) बेलुका ८ बजेतिर परेको चट्याङले फुर्वादोर्ची शेर्पाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।
४७ वर्षीय बाबु दारिञ्जेन शेर्पा र आमा ङिमाल्हामू शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
शवको पोस्टमार्टम गरेपछि परिवारलाई बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए ।














Discussion about this post