ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा चट्याङ लागेर वृद्धको मृत्यु भएको छ।
शुक्रबार बेलुका परेको चट्याङ लागेर श्रीप्रसाद कडरियाको मृत्यु भएको हो । घरमै बसिरहेका उनलाई चट्याङ लागेको थियो।
गत बुधबार ताप्लेजुङकै मैवाखोला गाउँपालिका ४ चित्रेमा चट्याङ लागेर बालकको मृत्यु भएको थियो।
उनका बाबुआमा गम्भीर घाइते भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।














Discussion about this post