इटहरी : गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को पाथीभरा माताको नाममा समर्पित गरिएको भजन “पाथिभरा माताकी जय जय जय” सार्वजनिक भएको छ ।
गायक लुइँटेलको स्वर, शब्द तथा संगीतमा रहेको भजनमा जोनी तामाङको एरेन्ज रहेको छ । सुमन तामाङको छायांकन रहेको भजनको भिडियोमा गायक बोकेदाह्रीका साथै, ज्याक, खेमराज भट्टराई, कृष्ण सुवेदी लगायतको अभिनय रहेको छ ।
भिडियो हेमन्त तामाङले सम्पादन गरेका हुन् ।
ए बा किन्देउ न भट्भटे, बाँके बर्दिया, डाँडाघरे काका मरे, सुनको सिक्री लगायतका दर्जनौँ कमेडी गीत मार्फत लोकप्रिय बनेका लुईँटेलको “पाथीभरा माताकी जय जय जय” भजन भर्खरै सार्वजनिक भएको हो ।














Discussion about this post