विराटनगर : नेकपा एमाले संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत भएका छन् ।
नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन् ।
यस्तै, सचेतकमा सृजना राई मनोनीत भएकी छन् । उनीहरू दुवै जनालाई मुख्यमन्त्री कार्कीले बुधबार मनोनीत गरेका हुन् ।
राना मगर इलाम क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए । राई समानुपातिकबाट सांसद बनेकी हुन् ।
प्रमुख सचेतकमा भने यसअघि सुनसरी क्षेत्र नं. २ (क) बाट निर्वाचित सांसद रेवतीरमण भण्डारी नियुक्त भइसकेका छन् ।














Discussion about this post