इटहरी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनता बहुमुखी क्याम्पसले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार स्ववियु कार्यकक्षमा मन्त्री राईलाई ज्ञापन पत्र बुझाएको हो ।
क्याम्पसका लागि छात्रावासका साथै कम्प्युटर ल्याब व्यवस्थापनका लागि बजेटको माग गरिएको स्ववियु सभापति सहदेव काफ्लेले जानकारी दिए ।
स्ववियु समितिको निमत्रणामा क्याम्पस आएका राईलाई शिक्षा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न काफ्लेले आग्रह गरेका छन् ।
काफ्लेले त्रिविमा परीक्षा भएको लामो समयसम्म नतिजा नआउनु, विद्यार्थी विदेश पलायन हुनुपर्ने बाध्यतालाई सरकारले रोक्नुपर्ने माग राखे ।
क्याम्पस प्रमुख प्रा.डा. गीता अधिकारीलेजनता क्याम्पस कोसी प्रदेशको धेरै विद्यार्थी भएको र लोकप्रिय क्याम्पस रहेकाले सरकारले क्याम्पसको स्तरोन्नतिका लागि सहयोग गर्नुपर्ने बताइन् ।
शिक्षामन्त्री राईले सरकार समस्या समाधानका लागि प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।














Discussion about this post