इटहरी : यातायात कार्यालय इटहरीले बिदाको दिन पनि सेवा दिने जनाएको छ ।
सार्वजनिक बिदाका दिनमा सेवा प्रवाह सम्बन्धी सूचना जारी गर्दै १५ वटा बिदा हुने जानकारी गराएको हो ।
कार्यालयका निमित्त प्रमुख राजकुमार गुप्ताले एक सूचना जारी गर्दै नेपाल सरकार गृह मन्त्रालयले संवत् २०८० सालको सार्वजनिक बिदा सम्बन्धी जारी सूचनाअनुसार नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सूचनाको प्रकरण १० मा रहेको सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था अनुसार उल्लेखित सार्वजनिक बिदाको दिनहरूमा समेत यातायात कार्यालय खुला रहने उल्लेख गरिएको छ।
बिदाको दिनमा खुल्ला गरी कार्यालयबाट प्रदान गरिने सवारी साधन दर्ता तथा नवीकरण लगायतका यातायात व्यवस्थापन सम्बन्धी सबै सेवाहरू प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।












Discussion about this post