धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानी नोक्सानी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
वन पैदवार हानी नोक्सानी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद बेरुजु रही फरार रहेका पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ५ का ५८ वर्षीय टंकबहादुर राई रहेका छन् ।
उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालत दाखिला गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार सुनसरी पठाइएको छ ।














Discussion about this post