तरहरा : लायन्स क्लब अफ तरहराको अध्यक्षमा शिव राई चयन भएका छन् । वर्ष २०२३।२४ का लागि राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
प्रथम उपाध्यक्षमा शारदा खड्का, द्वितीय उपाध्यक्षमा पवन अधिकारी, तृतीय उपाध्यक्षमा वसन्त घिमिरे, सचिवमा दीपक भारती, कोषाध्यक्षमा चन्द्रकला घिमिरे, ज्वाइन्ट सेक्रेटरीमा गोविन्द घिमिरे र ज्वाइन्ट ट्रेजेररमा भक्त केसी चयन भए ।
कार्यक्रममा युथ फर अपरच्युनिटी चिफ मेनुका गिरी, ब्लड कोर्डिनेटर चिफ दुर्गाप्रसाद पौडेल, आइपीपी सन्तोष श्रेष्ठ लगायतको उपस्थिति थियो ।
वर्ष २०२२।२३ का अध्यक्ष मुक्तिनाथ घिमिरेको सभाध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।














Discussion about this post